
पुस ३०
काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई माधव नेपाल नेतृत्व पार्टीको भातृसंस्था अनेरास्ववियूका विद्यार्थीहरुले कालोमोसो दलेका छन्। शिक्षमन्त्री देवेन्द्र पौडेलले शुक्रबार आयोजना गरेको छलफलपछि विद्यार्थीहरुले मन्त्रालयको पहिलो तलामा कालोमोसो दलेका हुन्।
अतिरिक्त शुल्क लिएको भन्दै अध्ययनरत विद्यार्थीहरु लामो समयदेखि आन्दोलनरत छन्। प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले अनरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ, स्थायी कमिटी सदस्य अमर पुनलगायतलाई नियन्त्रणमा लिएको हो।
प्रकाशित मिति : २०७८ पुष ३० गते शुक्रवार