
पुस २६
कोभिड—१९ को सङ्क्रमण बढेसँगै विद्यालय बन्द गर्ने विषयमा निर्णय गर्न सोमबार (आज) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बैठक बस्दैछ ।
सरकारले आधारभूत तथा माध्यमिक तहका विद्यालयमा आगामी १५ माघसम्म भौतिक कक्षा बन्दको तयारी थालेको छ ।
जनस्वास्वास्थ्यविदहरूको राय अनुसार आइतबार मात्र कोभिड—१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।
सीसीएमसीकै निर्णयका आधारमा विद्यालय बन्द गर्ने वा थप केही सूचना जारी गर्नेबारे आज विस्तृत छलफल गरेर निर्णय गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार