
पुस २३
तुलसीपुरका विद्यालयहरु पर्सि आइतबारदेखि बन्द हुने भएका छन । तुल्सिपुर स्थित केहि बिद्यालयहरुका शिक्षक र विद्यार्थीमा कोरोनाको संक्रमण तीब्ररुपमा बढेपछि विद्यालय बन्द गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकामा बसेको आकस्मिक बैठकले २५ गते आइतबारदेखि माघ ३ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो । कोरोनाको संक्रमण बढेपछि यसअघि नै मावि अश्वारा, गुरु जजुर मावि रक्षाचौर र मावि सेन्टर स्कुल तुलसीपुर बन्द भइसकेका छन् ।
प्रकाशित मिति : २०७८ पुष २३ गते शुक्रवार