
२२ पुस
दाङको गढवा गाउँपालिका कि उपमेयर शान्ती चौधरिले बोरिङ र मोटर पास गर्न भन्दै अनाबश्यक दबाब आएको बताएकि छिन ।
गाउँपालिकामा भएको बिकास निर्माणका कामको अनुगमनमा निस्किएकी उपमेयर चौधरिलाइ वडाअध्यक्षबाट दबाब आएको हो ।पीडित उपमेयरका अनुसार दबाब दिने वडा नम्बर ४ का वडाअध्यक्ष गुलाम मोहम्म्द हुन ।उपमेयर चौधरिका अनुसार वडाअध्यक्षले बोरिङ्ग र मोटरको फाइल पास गर्न हस्ताक्षर गर्न बारम्बार दबाब दिएका छ्न।दबाब दिनुको कारण वडाअध्यक्ष मोहम्म्दको कमजोरी लुकाउने प्रयास।

उपमेयर चौधरी संयोजक रहेको अनुगमन टोलीले गाउपालिकामा अरु वडामा भन्दा ४ नम्बर वडामा धेरै लापरबाही भएको पाईको छ। अनुगमन टाेलिले सोहि वडामा निगरानि गर्दा खेतमा जडान हुनुपर्ने मोटर शिलप्याक नखोलिएको अबस्थामा घरमा भेटिएको छ ।कसैको खाटमुनी,कसैको टाडिमा त कोहिको कता,कोहिको कता,यत्र तत्र सर्बत्र अलपत्र अबस्थामा भेटिएको हो।यहि कुरालाई लुकाउन छिटोपास गरेर पैसा बुझ्न वडाअध्यक्षको हतारो प्रष्ट बुझ्न सकिन्छ।सोही कारणले वडाअध्यक्षले आफुलाई बारम्बार दबाब दिइरहेको उपमेयर चौधरीले बताउछिन।