
पुस १८
लुम्बिनी प्रदेश सरकारले यस वर्ष शुरुवात गरेको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम कार्यन्वयमा गति लिएको छ । आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले ले मुख्यमन्त्री शैक्षि सुधार कार्यक्रमको १२ वटै जिल्लाका शिक्षा समन्वय कर्ताहरुलाई अभिमुखीकरण गरेपछि अब गति लिने भएको छ ।
लुम्बिनी प्रदेश सरकारको नेतृत्व मुख्यमन्त्री कुलप्रसाद केसीले २०७८ साल साउन २८ गते देखि नेतृत्व लिएपछि उहाँकै नेतृत्वमा यस शैक्षिक सुधार कार्यक्रम यसै वर्षको बजेटमा विनियोजन गरिएको थियो । लुम्बिनी प्रदेशको शैक्षिक अवस्थालाई सुधार गर्नका लागि नै पहिलो प्राथमिकतामा शिक्षामा लगानी गर्नु पर्ने मुख्यमन्त्री केसीले अवधारणा अगाडि सार्नु भएको थियो ।
यस कार्यक्रममा प्रत्येक स्थानीय पालिकामा रकम गई सकेको छ । स्थानीयतहले विद्यालयको शैक्षिक अध्ययनका लागि वातावरण निर्माण गर्नका लागि विभिन्न क्रियाकलाप छनौट गर्नेछन् ।
यता मुख्यमन्त्री शैक्षिक सुधार कायक्रमको जिल्ला काेअर्डिनेटर रुप मा बसन्त चौधरी नियुक्ति हुनु भएको छ।