
पुस १६
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको भोलि हुने निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गरिएको छ ।
अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी,उपाध्यक्ष पदका उम्मेदवार सिताराम शर्मा आचार्य, सचिव पदका उम्मेदवार सेवकराम भण्डारी, कोषाध्यक्ष पदका उम्मेदवार भद्र बहादुर वली र खुल्ला सदस्य पदका उम्मेदवार लक्ष्मण केसी र पदम बहादुर खड्कालाई विजयी बनाउन गठबन्धनका नेताले विज्ञप्ति जारी गरि अपील गरेका हुन् ।

निर्वाचनमा तुलसीपुरमा क्रियाशिल ९ राजनीतिक दलका साझा उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरिएको हो ।
प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार