२०७९ माघ १६ गते सोमवार

रेशम चौधरीले नयाँ दल दर्ता गर्दै




पुस १५
टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त ठहर भई हाल जेलजीवन बिताइरहेका रेशम चौधरीले नयाँ दल दर्ता गर्न लागेका छन् ।

निलम्बित सांसद समेत रहेका चौधरीले आफ्नै नाममा नयाँ दल दर्ताको तयारी थालेका हुन् । यदि उनको नाउमा निर्वाचन आयोगले दल दर्ता गर्न नमानेमा वा नदिइएमा राज थारुको नाममा दर्ता गरिने जनाइएको छ ।

‘नागरिक उन्मुक्ति पार्टी’ नाम दिइएको उक्त नयाँ दलको नेतृत्व हाल राज थारुले नै गरिरहेका छन् । यद्यपि रेशम चौधरी मुख्य भए पनि उनी जेलमा रहेकाले वैकल्पिक नेतृत्व खडा गरिएको जनाइएको छ । यही पुस १९ गते साेमबारकाे दिन दल दर्ताकाे तयारी रहेकाे राज थारूले बताए ।

प्रकाशित मिति : २०७८ पुष १५ गते बिहिवार