
पुस १४
काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना युवतीलाई सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले बताए ।
पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेका थिए । उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाए । सो रात दुईजनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई बलात्कार गरेका थिए ।
प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार