२०८० चैत्र १६ गते शुक्रवार

मध्य प्रदेशका गृह मन्त्रीले दिए सन्नी लियोनलाई चेतावनी



पुस ११
बलिउड अभिनेत्री सन्नी लियोनलाई मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले चेतावनी दिएका छन्। युट्युभमा रिलिज भएको ‘मधुवन मे राधिका’बोलको म्युजिक भिडियो हटाउन भन्दै लियोनलाई मन्त्री मिश्रले आइतबार चेतावनी दिएका हुन्
सन्नी लियोन र म्युजिक भिडियोको टिमले सो भिडियो आगामी तीन दिनभित्रमा हटाउनु पर्ने र यदी सो भिडियो नहटाए उनीहरुविरुद्ध कानुनी कारवाही गरिने चेतावनी गृहमन्त्री मिश्रले दिएका हुन्।

‘पछिल्लो समय यस्ताखाले म्युजिक भिडियोले हिन्दुहरुको भावनामाथि चोट पुर्‍याउँदै आएका छन्’, गृह मन्त्री मिश्रले भनेका छन्, ‘यस्तै ‘मधुवनले राधिका नाचे’ बोलको म्युजिक भिडियो बनाएर सन्नी लियोन र उनको टिमले हिन्दुहरुको भावनामाथि थप चोट पुर्‍याउने प्रयास गरेका छन्। त्यसैले सो भिडियो तीन दिनभित्र हटेन भने टिमका सबैजनाविरुद्ध कानुनी कारवाही गरिने छ।’

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार