२०८० चैत्र १५ गते बिहिवार

बंगलाचुली गाउँपालिका द्वारा सुत्केरी आमाहरुलाई अण्डा तथा सरसफाई किट वितरण



पुस ७
दाङको बंगलाचुली गाउँपालिकाले उपाध्यक्ष प्रसुती षोषण कार्यक्रम मार्फत सुत्केरी आमाहरुलाई अण्डा तथा सरसफाई किट वितरण गरेको छ । गाउँपालिकाले गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थामै वच्चा जन्माउनका लागि हौसल्लाह प्रदान गर्न सरसफाई किट वितरण गरेको बंगलाचुली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भक्त बहादुर जिसीले जानकारी दिनुभयो ।

गाउँपालिकाले खानेतेल, बच्चाले नुहाउने सावुन, लुगा धुने सावुन, सुत्केरीलाई एना, काईयो, ब्रस मन्जन, र एक क्यारेट अण्डा प्रदान गरेको छ । यो सामग्री पायक पर्ने स्थानमा पुगेर बच्चा जन्माउने सुत्केरी आमाहरुलाई मात्र प्रदान गरिने प्रमुख जीसीले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिकाले गत वर्षदेखि उपाध्यक्ष प्रसुती षोषण कार्यक्रम मार्फत बजेटको व्यवस्था गरी स्वास्थ्यसंस्थाहरुमा बच्चा जन्माउने सुत्केरी आमाहरुलाई प्रोत्साहान स्वरुप पोषणयुक्त खानेकुरा तथा सरसफाई किट वितरण गर्न थालिएको बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापाघर्तीमगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा तथा सरसफाई सामग्री गाउँपालिकाको सबै वडाहरुमा वितरण गरीने छ । बंगलाचुली गाउँपालिकामा अहिले पनि अधिकांस महिलाहरुले घरमै बच्चा जन्माउने गरेकाले उहाँहरुको स्वास्थ्य सुरक्षाका लागि गाउँपालिकाले यस्तो कार्यक्रमको थालनी गरेको उपाध्यक्ष यमुना थापाघर्तीमगरले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार