२०८२ बैशाख ७ गते सोमवार

रोल्पामा सङ्गै सुतेका साथीहरुमाथी फलामको रड प्रहार गर्दा ३ जना गम्भीर घाइते



पुस ७
रोल्पा-रोल्पामा सङ्गै सुतेका साथीहरुमाथी एक ब्यक्तिले फलामको रड प्रहार गर्दा ३ जना गम्भीर घाइते बनेका छन्।

मङ्गलबार राती रुन्टीगढी गाउँपालिकाको होलेरी बजारमा रहेको होलेरी गेस्ट हाउसमा खानपिनपछि सङ्गै सुतेका साथीहरुमाथी रड प्रहार गरिएको प्रहरीले जनाएको छ।उक्त होटेलमा रोल्पा रुन्टीगढी गाउँपालिका ७ का भिमबहादुर थापा,सोही वडाका सरोज पुन,रुन्टीगढी गा.पा.९ का टेकबहादुर वली र सानोभेरी गाउँपालिका ४ रुकुम पश्चिम घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका १२ स्थित डेरा गरि बस्ने मैतबहादुर बिक एउटै होटलमा सङ्गै बसेको र खानपिन गरेर संगै सुतेका थिए।त्यसपछि मध्यराततिर रुण्टीगढी गापा ९ का टेकबहादुर वलीले फलामको रड प्रहार गरी घाइते बनाएका ३९ बर्षिय सरोज पुनको अवस्था गम्भिर रहेको छ।पुनको अहिले युनिर्भर्सल मेडिकल कलेज भैरहवामा उपचार भैरहेको छ भने ४२ बर्षिय भिमबहादुर थापा र ४३ बर्षिय मैतबहादुर बिकको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रबक्ता कृष्ण रानाले जानकारी दिनुभएको छ।

मङ्गलबार राती ३ बजेर २५ मिनेटमा होटेलमा सुतेका ३ जना रक्ताम्मे अवस्थामा भएको सूचना पाए लगत्तै ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख इन्स्पेक्टर जिबराज थापाको नेतृत्वमा पुगेको टोलिले घाइतेहरुको उपचारका लागि राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ पठाएको थियो।त्यहाँपनि उपचार नभएपछि थप उपचारका लागि बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ।घाइतेहरु मध्ये भिमबहादुर थापा र मैत बहादुर बिकको टाउकोमा गहिरो चोट लागेकाले अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ।फलामको रड प्रहार गरि फरार भएर रुन्टीगढी गापा वडा नम्बर ५ हापखोला पुगेका अभियुक्त ४६ बर्षिय टेकबहादुर वलीलाई बुधबार दिउँसो करिब १२ बजे प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएर घटनाबारे थप सोधपुछ कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ

प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार