२०७९ मङ्सिर १४ गते बुधवार

स्थानीय युवा द्वारा धुलाम्ये सडक मा पानी छर्किय




पुस १


तुल्सिपुर उपमहानगरपालिका बडा ३ लाहुरेचाैर का युवा हरुले राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर कपुरकोट सल्यान खण्डको लाहुरेचौर मा अत्याधिक धुलो उडेको कारण स्थानियहरु आजित भएपछि पानी छर्किएका छन् ।


करिब १०० मिटर तल रहेको खोला बाट मोटरबाट पानी तानि बाटाेमा हालेका छन। उक्त कार्य पछि स्थानीयले केही राहत को महसुस गरेको बताइएको छ।

दैनिक रूपमा गुड्ने सयौं सवारीसाधनहरु को कारण र बाटो को अबस्था जिर्ण भएपछि स्थानीय तथा पैदल यात्रु लाई सास्ती भएको छ।उक्त सडक खण्ड छिटोभन्दा छिटो निर्माण गर्न सरोकारवाला निकाय लाई स्थानीयले आग्रह गरेका छ्न

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार