२०७९ माघ १६ गते सोमवार

मलेसियामा डुङ्गा दुर्घटना हुँदा इन्डोनेसियाका ११ को मृत्यु, २७ बेपत्ता



मङ्सिर २९


मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता रहेको बताइएको छ ।
सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएअनुसार मृत्यु भएका र बेपत्ता भएकामध्ये अधिकांश इन्डोनेसियाका रहेका छन् । मलेसियाको दक्षिणी क्षेत्रमा दुर्घटना भएको हो ।
अचानक खराव मौसमका कारण दुर्घटना भएको जनाइएको छ । हराइरहेकाहरुको खोजीका लागि उद्धारकर्ताहरु परिचालन गरिएको एएफपीले जनाएको छ । सामुद्रिक मार्ग अवैध रुपमा पार गरिरहेका बेला दुर्घटना भएको जनाइएको छ । यस क्षेत्रमा यस्ता दुर्घटना बेला बेलामा हुने गरेका छन् । मलेसियाको जोहोर राज्यमा भएको दुर्घटनामा परेको डुङ्गामा ६० यात्रु रहेका थिए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २९ गते बुधवार