२०८० असोज ८ गते सोमवार

जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता २०७८ सुरु बडहराकाे बिजय सुरुवात



कमल पाेखरेल मंसिर २६

दाङ जिल्ला फुटबल संघको आयोजनामा एन्फा जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता २०७८ आज देखि नवलपुर फुटबल मैदानमा शुरू भएको छ ! ७ वटा क्लबले सहभागिता जनाएको प्रतियोगिता दाङ जिल्ला फुटबल संघका उपाध्यक्ष बुद्धिराम पुनको अध्यक्ष्यता तथा वडा नं. १८ का वडाध्यक्ष भरतमणी अर्यालको प्रमुख आतिथ्यमा र लुम्बिनी प्रदेश फुटबल संघका कार्यसमिति सदस्य शिव कुमार श्रेष्ठको उपस्थितिमा उदघाटन भएको थियोे !उदघाटन खेलमा बडहरा युवा क्लब र मेगा स्पोर्ट्स क्लब बिच भएको प्रतिस्पर्धामा बडहरा ४-२ गोल अन्तरले बिजेता हुँदै सेमिफाइनल प्रवेश गर्न सफल भएको छ ! पहिलो हाफ शुन्यको बराबरीमा सकिएको थियो भने दोश्रो हाफमा बडहराले २-० को अग्रता बनाएपनि मेगाले लगातार २ गोल गर्दै खेललाई रोमाञ्चक बनाएको थियो ! मेगाका खेलाडीले बडहराका खेलाडीलाई पेनाल्टी एरियामा डरलाग्दो ट्याकल गरेपछि रेफ्री देवनारायण दाहालले बडहरालाई पेनाल्टीको अवसर दिएका थिए जसलाई बिना गल्ती बडहराका खेलाडीले गोल गरेर खेल ३-२ मा पुर्‍याए ! लगत्तै बडहराले पाएको फ्री किकमा उत्कृष्ट गोल गर्दै खेल ४-२ ले सहजै जित्यो !

भोलि १२:०० बजे अटल युवा क्लब हापुर र घोराही स्पोर्ट्स क्लब घोराही
२:०० सक्रिय युवा क्लब बबई गाँउपालिका र ज्ञानज्योती इनोभेटिभ एकेडेमी लुल्सिपुर बीच प्रतिस्पर्धा हुनेछ! खेल पौष १ गते सम्म संचालन हुनेछ !!

प्रकाशित मिति : २०७८ मङ्सिर २६ गते आइतवार