
अमृत वली
रोल्पा=====
मङ्सिर ०८/२४
” घरबाटै शुरु गरौं , महिला हिंसा अन्त्य गरौं ” भन्ने मुल नारा सहित लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान समापनको क्रममा त्रिवेणी गाउँपालिका रोल्पाले अन्तर वडा स्तरीय जनचेतनामूलक लोकगित प्रतियोगिता कार्यक्रम त्रिवेणी गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालयको प्राङ्गण शुक्रबार जुगांरमा सम्पन्न गरेको छ ।

त्रिवेणी गाउँपालिका अध्यक्ष शान्त कुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी गाउँपालिका उपाध्यक्ष सावित्रा बुढा घर्ती , प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसी , वडा नम्बर १ का वडा अध्यक्ष देउराम घर्ती , २ नम्बर वडा अध्यक्ष कविराज बुढा , ५ नम्बर वडा अध्यक्ष कृष्ण बहादुर केसी , त्रिवेणी गाउँपालिका ६ नम्बरका कार्यबाहक अध्यक्ष विरबल खत्री , नेकपा एमाले त्रिवेणी गाउँपालिका अध्यक्ष कुस बहादुर पुन , नेपाली काङ्ग्रेस त्रिवेणी गाउँपालिका सभापति दुर्योधन राणा , त्रिवेणी गाउँपालिका महिला बालबालिका तथा समाज इकाई प्रमुख हिरा बुढा , प्रहरी चौकी जुगारका असई याम बहादुर रेउले ,हुरेक रोल्पाका प्रतिनिधि धरेन्द्र डागि , प्रशासन अधिकृत हेमराज उपाध्याय , लेखा अधिकृत सुदिप सिग्देल , योजना अधिकृत सानुबावु खड्का , रेडियो पल्लवीका अमृत वली , अपाङ्ग कल्याण समाजका मोती घर्ती ,कार्यपालिका सदस्यहरु , आमा समुह , महिला समुह , शिक्षक , बिद्यार्थी , गाउँ पालिकाका कर्मचारी लगाएत सरोकारवालाहरुको उपस्थिति रहेको थियोे ।

उक्त समापन कार्यक्रममा आयोजित अन्तर वडा स्तरीय जनचेतनामूलक लोकगित प्रतियोगितामा सहभागी भई त्रिवेणी गाउँपालिका वडा नम्बर ५ को शिवगुफा प्रगतिशील स्वास्थ आमा समुहका निमा केसि वली , कृष्णा पुन डागि, सविना वलीको समुह प्रथम , त्रिवेणी गाउँपालिका वार्ड न ७ को कोपिला महिला बचत तथा ऋण सहकारी सस्थांका गिता कुमारी नेपाली , हिमा खड्का , बर्षा परियार को समुह द्वितिय , र त्रिवेणी गाउँपालिका वडा नम्बर १ को फुलबारी आमा समुहका कल्पना बुढा,सविता बुढा,सम्झना पुन को समुह तृतीय भएको छ ।

प्रथम हुनेले नगद रु दश हजार सहित प्रमाणपत्र ,द्वितिय लाई सात हजार सहित प्रमाणपत्र र तृतीय लाई चार हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।