मङ्सिर २४।
नेपाल प्रहरीका पूर्वनायव महानिरीक्षक (डिआइजी) रमेश खरेलले नयाँ राजनीतिक दल घोषणा गर्दैछन् । आज (शुक्रबार) काठमाडाैँमा पत्रकार सम्मेलन आयोजना गरी खरेलले नेपाल सुशासन पार्टीको घोषणा गरेका हुन् ।
देश सुहाउँदो, सुशासनलाई प्रमुख एजेन्डा बनाएर पार्टीलाई अघि बढाउने बताउँदै उनले देशमा अहिले कुशासन व्याप्त रहेको भन्दै त्यसलाई सुशासनमा ल्याउन आफूले बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताए ।
प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार








