
तुलसीपुर, २४ मङ्सिर.
दाङको तुलसीपुरमा पहिलो पटक प्याराग्लाईडिङ परीक्षण भएको छ । तुलसीपुर ३ अम्बासमा पहिलो पटक प्याराग्लाईडिङको सफल परिक्षण गरिएको हो । तुलसीपुरमा विहीबारदेखि सुरु भएको प्रथम प्रादेशिक फेष्टिभल २०७८ अन्तर्गत प्याराग्लाईडिङ सेवा पनि सुरु भएको हो ।
प्याराग्लाईडिङ तथा हेलिकप्टर व्यबस्थापन समितिका संयोजक हेविन्द्र शाहीका अनुसार अम्बासबाट पहिलो पटक चार वटा प्याराग्लाईडिङको परीक्षण गरिएको हो । अम्बासबाट उडान सुरु गरेको प्याराग्लाईडिङलाई सिरखोलामा ल्यान्डिङ गर्ने गरिएको छ । साथै एक पटकको प्याराग्लाईडिङको शूल्क सात हजार पाँच सय रुपैया तोकिएको छ । सुरक्षित र आरामदायी भएकाले सबैलाई सहभागि हुन समेत शाहीले अनुरोध गरे । चन्द्र सूर्य यातायात प्रालिद्वारा सञ्चालित महोत्सव मङ्सिर २९ गतेसम्म चल्नेछ ।
हेलिकप्टर चढन पाइने
तुलसीपुर ६ बरुवागाउँमा जारी महोत्सवमा हेलिकप्टर चढ्ने व्यबस्था मिलाईएको छ । प्याराग्लाईडिङ तथा हेलिकप्टर व्यबस्थापन समितिका संयोजक हेविन्द्र शाहीका अनुसार महोत्सव अवधीभर हेलिकप्टरमा बिभिन्न स्थानको अवलोकन गर्ने व्यबस्था मिलाईएको छ ।
चन्द्र सूर्य यातायात प्रालिद्वारा सञ्चालित महोत्सवमा उक्त व्यबस्था मिलाईएको हो ।
तुलसीपुर उपमहानगर क्षेत्र भम्रण अवलोकनका लागी एक जनाको शूल्क चार हजार पाँच सय रुपैँया तोकिएको छ । त्यस्तै परिवारको प्याकेज भने १५ हजार नौ सय ९९ तोकिभएको छ ।