२०८२ बैशाख ७ गते सोमवार

मङ्सिर १७ गते माधब कुमार नेपाल दाङका कार्यकर्ता लाई सम्बोधन गर्न तुल्सिपुर आउदै



मङ्सिर १५

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) जिल्ला कार्यालय दाङको बैठक अध्यक्ष शुरामणि बेलबासेको अध्यक्षतामा, पार्टीका केन्द्रीय सचिव भागवत विश्वाशीको प्रमुख आतिथ्यतामा मंसिर १४ गते जिल्ला पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

बैठकले यही २०७८ मंसिर १७ गते तुल्सीपुर उद्योग वाणिज्य संघको सभा हल दोघरेमा हुने जिल्ला कार्याकर्ता भेलाको तयारीको समिक्षा गरेको छ । मंसिर ७ गते सम्पन्न दोस्रो वैठकले बनाएको कार्ययोजनाको समिक्षा गर्दै थप योजना निर्माण गरेको छ । भेलालाई व्यबीस्थत बनाउन विभिन्न समिती निर्माण गरिएको थियो तीनको कामको समिक्षा समेत गरेको छ ।

भेलालाई सम्बोधन गर्न प्रमुख अतिथिका रुपमा पार्टी अध्यक्ष माधब कुमार नेपाल र पार्टीका उपमहासविच डा.विजय पौडेललाई आमन्त्रण गरिएको छ ।

बैठकलाई प्रमुख अतिथि भागवत विश्वाशी, पार्टी केन्द्रीय सदस्य तथा दाङ ईन्चार्ज जोगबहादर राना, केन्द्रीय सदस्य जिल्ला सह ईन्चार्जहरु शारदा स्वर्णकार, अनारकली मिया, पार्टी केन्द्रीय सल्लाकार नारायण प्रसाद आचार्य, प्रदेश सदस्य डम्वर बिसीलगायतले निर्देशनात्म संबोधन गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार