२०७९ मङ्सिर २० गते मङ्गलवार

अगुल्टाले हिर्काउँदा बझाङमा एक जनाको मृत्यु



मङ्सिर १२।


बझाङमा अगुल्टाले हिर्काउँदा एक जनाको मृत्यु भएको छ ।
जयपृथ्वी नगरपालिका–७, ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको मृत्यु भएको छ ।
कुलीबाँधघाटमा आगो तापिरहेका बेला छिमेकी दीपेन्द्र थापासँग भनाभन भएको थियो । त्यहीक्रममा थापाले भण्डारीलाई अगुल्टाले हान्दै कुटपिट गरेका थिए ।

गम्भीर घाइते भण्डारीको बझाङ अस्पतालमा उपचारक्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार कुटपिट गर्ने थापालाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १२ गते आइतवार