
तुलसीपुर, ११ मंसिर ।
नेकपा एकीकृत समाजबादी शान्तिनगर ७ को भेला भएको छ । भेलाले कृष्ण चौधरीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको सचिबमा तिलक चौधरी रहेका छन् ।
खम्बु जैसीको अध्यक्षता तथा पार्टीका जिल्ला उपाध्यक्ष चुर्ण वलीको प्रमुख आतिथ्य एवं संगठन विभाग प्रमुख डिल्ली डाँगीको विशिष्ट आथित्यतामा भेला भएको हो । भेलाको सहजीकरण सहसचिब आनन्द बुढाथोकीले गरेका थिए ।
प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार