२०८० चैत्र १६ गते शुक्रवार

प्रेस सेन्टरको तुलसिपुर शाखा गठन:अध्यक्षमा बस्नेत



कात्तिक ३० । प्रेस सेन्टर नेपाल दाङले पालिका स्तरिय शाखा गठन अन्तर्गत मगंलवार तुलसीपुरमा प्रथम ऐतिहासिक भेलाको आयोजना गरि पालिका स्तरिय शाखा गठन गरेको हो ।

लुम्बिनी प्रदेशमा पहिलो पालिका शाखाको रुपमा गठित प्रेस सेन्टर नेपाल दाङ तुलसीपुर शाखाको अध्यक्षमा दामोदर बस्नेत (राकेश), उपाध्यक्षमा दीपक बोहरा,सचिबमा विकास डांगी,सह–सचिवमा सुमन केसी, कोषाध्यक्षमा भागवत भट्टराईलाई चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा राजेश ओली (रुद्र) मदन बिक (मुस्कान, देबराज कडेल,झरना केसी,बिशाल परियार,गोपाल गिरी र इश्वर बिसी चयन भएका छन ।

यसैबिच भेलामा बोल्ने सहभागीले प्रेस सेन्टर व्यावसायीक पत्रकारितामा आवद्ध पत्रकारहरुको संगठन भएकोले आफ्नो मूल्य र मान्यतामा रहेर देश र जनतालाई सूसूचित पार्ने अभियानमा आफुलाई केन्द्रित गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेस सेन्टरका संस्थापक केन्द्रिय सदस्य अजयदिप शर्माले परिवर्तनको संवाहको रुपमा सगंठनको उदय भएको बताउँदै समाजवादको सवालमा सदैव अगाडी रहेको बताए ।
कार्यक्रममा प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले श्रमजिवि पत्रकारहरुको क्षमता विकास सगंसगै उनीहरुका मुद्धालाई साझा मुद्धा बनाउन सगंठन विस्तारमा लागेको बताए । उनले सञ्चार क्षेत्रको विकासका लागि सदैव प्रतिबद्ध रहेर काम गर्ने पनि बताए ।

प्रेस सेन्टर दाङका उपाध्यक्ष राकेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश निर्वाचन समिति संयोजक रामशरण चौधरी,प्रेस सेन्टर दाङका इन्चार्ज पुरन शर्मा,शाखाका सचिव जनक नेपाली,नेपाल पत्रकार महासघं दाङका कोषाध्यक्ष शरद रेग्मी,प्रेस युनियनका पुर्व अध्यक्ष शुशिल बस्नेत,प्रेस चौतारी दाङका सचिव प्रेम राम्जा,चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुन,जनपत्रकार सगंठन दाङका अध्यक्ष हेमन्तप्रकाश वलि,नेकपा माओवादी केन्द्र तुलसीपुर नगरका अध्यक्ष खुसीराम चौधरी,तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य अमर नेपाली लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रेस सेन्टर दाङका उपाध्यक्ष अनिता पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सहसचिव दिपक बोहोराले गरेका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक ३० गते मङ्गलवार