२०८२ बैशाख ७ गते सोमवार

नेकपा तुल्सिपुरद्वारा बन्दको मौका मा जेब्राक्रसिङ र ट्राफिक संकेत निर्माण



कार्तिक ३०।


पेट्रोलियम पदार्थ मा गरेको मुल्यबृदी को विरुद्ध ने.क.पा. ले आयोजना गरेको नेपाल बन्द को बेला तुलसिपुर को बिरेन्द्रचोक मा जेब्राक्रसिङ र सडक मा ट्राफिक संकेतहरु बनाईएको छ।

ने. क. पा. तुलसिपुरको आयोजनामा बन्द को बेला पैदल यात्रु ,सवारिसाधन लाई यात्रा गर्न सहज होस भनी जेब्रा क्रसिङ बनाईएको ,सडक सरसफाई र ट्राफिक चिन्हहरुको व्यवस्थापन गरेका छन्। बन्द कर्ताहरुले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन्। राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनात्मक काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको नेकपा तुलसीपुरले जनाएको छ ।

बन्द को बेला टायर बाल्ने ढुङ्गा मुडा गर्ने सस्कार लाई यस्ता श्रीजनात्मक कार्यले जनता को मन जित्ने नागरिक बताउँछन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ३० गते मङ्गलवार