
कार्तिक ११
देशका पहाडी भू-भागमा वर्षाको सम्भावना छ ।
बिहीबार (आज) पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । भोलि पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने विभागले उल्लेख गरेको छ ।
प्रकाशित मिति : २०७८ कार्तिक ११ गते बिहिवार