२०८१ माघ २४ गते शुक्रवार

एक बालिका माथी बलात्कार



कार्तिक ०७।
तुल्सिपुरमा एक बालिका माथी बलात्कार भएको छ ।

प्रहरीका अनुसार तुलसीपुर १७ बस्ने १३ बर्षिया बालिका माथी सोहि ठाउँका युवकले बलात्कार गरेको भनि पिडित पक्षले जाहेरी दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घटना गत कात्तिक ३ गते भएको हो ।

राती साढे आठ बजेतिर बालिकालाई गाउँ नजिकैको खुलाचौरमा लगेर स्थानिय युवक २० बर्षिय दिनेश चौधरीले बलात्कार गरेको पिडितले दिएको जाहेरीमा उल्लेख छ । पिडित पक्षले युवक विरुद्ध प्रहरी कार्यालयमा जवरजस्ती करणी मुद्धा दर्ता गराएका छन् । आरोपित युवक चौधरी भने फरार रहेको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार