२०८१ बैशाख ८ गते शनिवार

मानव सेवा आश्रम द्वारा एक बृद्द को उद्दार




कार्तिक ०७।
समाज मा रहेका बिपन्न ,दिनदुखी, अशक्त घरबार बिहिन लाई आश्रय दिई पालनपोषण गर्दै आईरहेको मानबसेवा आश्रम दाङ ले एक बृद्दको उद्दार गरेको छ।

छोरिको घरमा बस्दै आईरहेका तुल्सिपुर उपमहानगरपालिका ०७ नवलपुर बस्दै आइरहेको बर्ष ७५ का भोजराज चौधरी लाई मानबसेवा आश्रम ले उद्दार गरेको हो। तुलसिपुर वार्ड न ७ का वार्ड सदस्य रामबहादुर जि.सि. को पहल मा आश्रमका उर्बिन सापकोटाको नेतृत्व मा गएको टोलि ले उद्दार गरि आश्रममा पठाइएको हो।
नवलपुर टोल बिकास संस्था का अध्यक्ष किरिबहादुर चौधरी ले दिएको सुचना को आधारमा चौधरी लाई छोरी को घरका सदस्यहरु ले गरेको दुव्र्यवहार को कारण उद्दार गरेको वार्ड सदस्य जिसि ले बताउनु भयो। हामी घरमा गएर हेर्दा उहाँको साह्रै दयनीय अबस्था रहेछ,छोरी-ज्वाईं ले दुव्र्यवहार र घृणा गरेको कारण उहालाई आश्रमको जिम्मा लगाईएको बताउनु भयो।
आश्रम का दाङ जिल्ला सम्योजक उर्बिन सापकोटा ले हाल संस्था मा ३४ जना बयोबृद्द ,र बेवारिसे रहेको बताउनु भयो।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार