२०८१ असार ३१ गते सोमवार

बाढि पहिरोबाट बच्ने आठ उपायहरु ?




शकर भुसाल कार्तिक ०३

दाङ अझै भारी वर्षा जारी रहने भएकाले बाढी, डुबान तथा पहिरोको जोखिममा रहेकाहरूले विशेष सतर्कता अपनाउनुपर्ने हुन्छ। यस विषयमा गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले सूचना प्रकाशन गरेको छ।

यस्ता छन्, मनसुन र वर्षातका बेला अपनाउनुपर्ने सतर्कता र सुरक्षाका उपायः
१. देशैभरि मनसुन सक्रिय रहेकाले बाढी, डुबान र पहिरोको जोखिमयुक्त स्थानमा सावधानी अपनाऔं

२. उच्च जोखिममा रहेका बस्तीहरू पहिचान गरी सुरक्षित स्थानमा स्थानान्तरण गरौं।

३. आपतकालीन आत्यावश्यक सामग्री९जस्तैः खानेकुरा, कपडा, औषधि, पानी० हरूको जोहो गरी सुरक्षित स्थानमा राखौं।

४।बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिऔं।

५. मौसम पूर्वानुमान तथा नजिकका नदी, नालामा पानीको बहावको सूचना लिई आवश्यक सतर्कता अपनाऔं। नदीको सतह बढेमा तल्लो तटीय क्षेत्रमा सूचना प्रवाह गरौं।

६. बाढी आएका बेला नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने र गाइवस्तुत चराउनेजस्ता कार्यहरू उच्च जोखिममा रहने हुँदा त्यस्ता कार्यहरू नगरौंरनगराऔं।

७. सरोकारवाला निकायहरूको अत्यावश्यक सामग्री, आवश्यक जनशक्ति र उच्च सतर्कतासहित तयार भई प्रतिकार्यमा जुटौं।

८. मौसम पूर्वानुमान, सम्भाव्य जोखिम तथा सुरक्षाका उपायहरूबारे सरोकारवालाहरू सबैले जोखिममा रहेका परिवारहरू तथा बस्तीहरूलाई समयमै सुसूचीत गरौं।

प्रकाशित मिति : २०७८ कार्तिक ३ गते बुधवार