२०८२ बैशाख ५ गते शनिवार

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गर्‍यो



कार्तिक ०२।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ ।

मङ्गलबार (आज) बिहान बसेको स्थायी कमिटीको बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलन लगायतको मिति संशोधन गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गरिएको छ । टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको प्रवक्ता महराले बताए ।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार