२०८१ बैशाख ७ गते शुक्रवार

साफ च्याम्पियनशिप फुटवलमा नेपाल उपविजेता



असोज ३०।
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनल खेलमा भारतले नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै ३-० को अग्रता लिएको छ । गोलरहित रहेको पहिलो हाफपछि भारतले दोस्रो हाफको सुरुवातमै लगातार २ गोल गरेको हो । साफ च्याम्पियनशिप फुटवलमा नेपाल उपविजेता बनेको छ ।
भारतले नेपाल बिरुद्ध ३ गोल गर्दै विजेता
खेलको ४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाएका थिए । उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । लगत्तै ५० औ मिनेटमा सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । उनले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए ।त्यस्तै खेल को अन्तिम ८९ औ मिनेट मा अब्दुल सामेद ले गोल गर्दै उपाधी माथी कब्जा गरेको हो ।
त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । बनेको हो । भारतको जीतमा कप्तान सुनिल क्षेत्री नायक बने ।

उनले दोश्रो हाफमा गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो ।यसअघि बहुप्रतिक्षित फाइनल खेल नै गुमाउने अवस्थामा प्रशिक्षक पुगेपछि नेपाली फुटवलका प्रशंसकहरु निरास भएका थिए ।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई शनिबार भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेलमा प्रतिबन्ध लगाइने निर्णय गरेको थियो । यसको कारण भने अनौठो थियो ।

प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको थियो ।साफले तयार पारेको प्रतियोगिताको नियमावली अनुसार फरक खेलमा पहेंलो कार्ड खाएको प्रतिबन्ध खेलाडीलाई मात्र लाग्ने उल्लेख छ । तर खेलमा रातो कार्ड पाएमा भने अफिसियलले पनि अर्को खेल गुमाउने नियमावलीमा उल्लेख छ ।

तर साफले अलमुताइरीले दुई फरक खेलमा पहेंलो कार्ड खाएको कारण देखाउँदै प्रतिबन्ध हुने भनेको थियो । यसलाई नेपाललाई खेल जित्न नदिने भारतको चालको रुपमा बुझिएको थियो । तर नेपाली खेलाडीले भने गर्व गर्न लायक खेल प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : २०७८ असोज ३० गते शनिवार