२०८१ बैशाख ६ गते बिहिवार

दुई गोल ले नेपाल पछाडि



असोज ३०।
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनल खेलमा भारतले नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै २-० को अग्रता लिएको छ । गोलरहित रहेको पहिलो हाफपछि भारतले दोस्रो हाफको सुरुवातमै लगातार २ गोल गरेको हो ।
खेलको ४८ औं मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई अग्रता दिलाएका थिए । उनले प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । लगत्तै ५० औ मिनेटमा सुरेश सिंह वाङजामले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । उनले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए ।
त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । खेल अझै जारी रहेको छ।

प्रकाशित मिति : २०७८ असोज ३० गते शनिवार