२०८१ बैशाख ७ गते शुक्रवार

प्रशिक्षक अलमुताइरी र अन्जन विष्टलाई प्रतिबन्ध



असोज३० ।
नेपाली फुटबल टोलीले आज (शनिबार) पहिलोपटक साफ च्याम्पियनसिप फाइनल खेल्दै छ । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो ।

उपाधिको लागि आज राति ८ः४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा नेपाल र भारत भिड्दै छन् । ऐतिहासिक खेलमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र फरवार्ड अन्जन विष्टले भने नरहने भएका छन् ।

प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले प्रशिक्षक अलमुताइरी र फरवार्ड विष्टलाई प्रतिबन्ध लगाएको हो ।

बंगलादेशविरुद्धको खेल पछि प्रशिक्षक अलमुताइरीले फाइनल नेपालका लागि आफ्नो अन्तिम खेल हुने बताएका थिए । तर, त्यसको एकदिनपछि उनलाई साफले प्रतिबन्ध लगाएको छ ।

प्रतियोगितामा सबैभन्दा राम्रो प्रदर्शन गर्ने खेलाडीमध्ये एक रहेका विष्टले पनि दुई पहेँलो कार्ड खाएपछि फाइनल खेल गुमाउने भएका हुन् । उनले भारतविरुद्ध खेल र बंगलादेशविरुद्ध खेलमा पहेंलो कार्ड पाएका थिए ।

प्रकाशित मिति : २०७८ असोज ३० गते शनिवार