
असाेज रंगशालामा भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक फाइनलमा पुगेको हो। नेपालले बंगलादेशविरूद्ध दोस्रो हाफमा गोल गरेको थियो। नेपालका लागिस अन्जन विष्टले ८८ औं मिनेटमा पेनाल्टीमार्फत् गोल गरेका हुन्।
पहिलो हाफमा बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध नवौं मिनेटमा गोल गरेका थिए। नेपाली समय अनुसार बुधबार पौने ५ बजेदेखि राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा खेल सुरू भएको हो।
फाइनलमा प्रवेश गर्न नेपाललाई जीत वा बराबरीमा सकाए पुग्ने थियो। यता बंगलादेशले भने खेल जित्नुपर्ने थियो। तर बंगलादेशले नेपाललाई पराजित गर्न सकेनन्।
आयोजक माल्दिभ्स र भारतबीच आज राति खेल हुँदैछ। खेलमा फाइनलमा पुग्न भारतलाई जित तथा माल्दिभ्सलाई बराबरी आवश्यक हुनेछ।
प्रकाशित मिति : २०७८ असोज २७ गते बुधवार