२०८० चैत्र १६ गते शुक्रवार

सहकारीलाई अब आर्थिक उत्पादन एबम समाज रुपान्तरण मा जोड्नु पर्छ:वार्ड सदस्य जि.सि



असोज २५।

शिवशक्ति बहुउद्देश्यीय सहकारीको १८औ बार्षिक साधारणसभा आज तुलसिपुर ७ बम्नै मा सम्पन्न भएको छ।


सहकारी संस्था का अध्यक्ष बुद्धिराम भुसाल को अध्यक्षता एबम तुल्सिपुर वार्ड न ७ का वार्ड सदस्य रामबहादुर जि सि को प्रमुख आतिथ्यता बार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त अबसर मा बोल्दै कार्यक्रम का प्रमुख अतिथी वार्ड सदस्य रामबहादुर जिसि ले सहकारीले गरिबी न्यूनीकरण ,स्वरोजगार एबम समाज मा आर्थिक रुपान्तरण मा महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनु भयो।
उहाँले समाज को गरिबी र बेरोजगार लाई समाधान गर्न सहकारीलाई अब उत्पादन सङ जोडनु पर्ने बताउनु भयो।
सहकारीमा सबै सेयर धनी को बराबर अधिकार हुने भएको ले सबै ले अपनत्तो लिनु पर्ने बताउनु भयो।साथै शिवशक्ति बहुउद्देश्यीय सहकारी संस्था ले समाजमा आर्थिक उन्न्यन को लागि गरेको योगदान को मुक्तकन्ठ ले प्रशम्सा गर्नु भयो।उहाले उक्त सहकारी को वृद्धि बिकास मा महत्त्वपूर्ण भुमिका खेल्ने सम्पुर्ण सेयर सदस्य एबम पदाधिकारीहरु लाई धन्यवाद व्यक्त गर्नु भयो।सबै संस्था का सेयर सदस्यहरु संस्थाका बलिया खम्बा र पदाधिकारीहरु जग भएको र उक्त खम्बा लाई मजबुत राख्ने काम जग को हुने भएको ले आज सम्म पदाधिकारीहरु ले खेल्नु भएको भुमिका को प्रशम्सा गर्नु भयो।


उक्त भेला मा सहकारी संस्था का सेयर सदस्यहरु ठाकुर प्रसाद पौडेल ,पदम रिजाल ,कृष्ण प्रसाद शर्मा आदि ले मन्तव्य व्यक्त गर्नु भएको थियो।
उक्त भेलामा सहकारी संस्था का कोषाध्यक्ष श्रीधर पौडेलले करिब एक करोड सन्ताउन्न लाख को आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो। उक्त अबसर मा सहकारी संस्थाका सेयर सदस्यहरु लाई सम्मान गरिएको थियो।
संस्थामा ५३७ जना सेयर सदस्यहरु रहेका छन भने उक्त सहकारी ले मासिक बचत ,कृषि मल ,बिउ बितरन एबम निसुल्क माटो परिक्षण जस्ता क्रियाकलापहर सन्चालन गरेको छ।
दामा भुसाल को स्वागत मन्तव्य र दुर्गा भुसाल को स्वागत गित बाट सुरु भएको साधरण सभा को सहजीकरण सहकारी संस्था का कोषाध्यक्ष श्रीधर पौडेलले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार