२०८० चैत्र १५ गते बिहिवार

अचानक भयो स्टेजमा अभिनेताको मृत्यु, दर्शकलाई लाग्यो अभिनय गरेको



एजेन्सी।

रुसको राजधानी मस्कोको विश्व चर्चित बोल्शोई थिएटरमा एउटा दुर्घटना भयो । उक्त दुर्घटनामा एक अभिनेताको मृत्यु भएको छ । अभिनेताको मृत्यु ‘ओपेरा साडको’ को प्रस्तुतीको क्रममा स्टेजमा नै भयो । रिपोर्टका अनुसार बोल्शोई थिएटरमा प्रदर्शन गरिरहेका ३७ वर्षीय अभिनेता येवगेनी कुलेश स्टेजमा नै भयानक दुर्घटनाको शिकार भए ।
सेटमा सीन परिवर्तन गर्ने बेला कुलेश एउटा निकै ठूलो प्रपको मुनी दबिए । जसका कारण उनको दुर्घटनास्थलमा नै मृत्यु भयो । यद्यपि, स्टेजमा प्रप खसेपछि र हलचल बढेको देखेर दर्शकलाई यो पनि प्रस्तुती (मञ्चन) कै हिस्सा भएको भन्ने लाग्यो । दर्शकलाई यो कुनै स्टन्टको हिस्सा भएको जस्तो लाग्यो । तर केही समयपछि नै मानिसहरु चिच्याउन सुरु गरे र प्रप मुनी परेका अभिनेता येवगेनी कुलेशको स्टेजमा नै मृत्यु भयो ।

शनिबार भएको यो दुर्घटनाका केही क्लिप्स सोसल मिडियामा सार्वजनिक भएका छन् । जसमा स्टेजमा अचानक हलचल बढिरहेको देख्न सकिन्छ । सेटको सीन फेर्नका लागि एउटा ठूलो प्रपलाई उतारिँदै गरेको देख्न सकिन्छ । कुलेश यहि प्रपमुनि थिचिए । उनका साथी कलाकारले यो देख्ने बित्तिकै उनीहरु चिच्याउन थाले । उक्त दुर्घटनापछि मञ्चको पर्दा झारियो र दर्शकलाई प्रस्तुती रद्द भएको बताइयो ।

प्रकाशित मिति : २०७८ असोज २५ गते सोमवार