२०८१ बैशाख ७ गते शुक्रवार

लुम्बिनी प्रदेशमै पहिलो तुल्सिपुर अपांगता अध्ययन केन्द्रको शिलन्यास



दाङ असोज २४।
तुल्सिपुर अपांगता अध्ययन केन्द्र भबनको आज मा बि कालाखोलामा शिलान्यास गरिएको छ।
छाँया संस्था को आर्थिक सहयोगमा आज मा बि कालाखोलामा उपमहानगरपालिका का मेयर घनश्याम पान्डे ले आज एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको छ। छाँया संस्था को ८० प्रतिशत सहयोग र स्थानीय निकाय को २० प्रतिशत लगानी मा उक्त अध्ययन केन्द्र स्थापन हुन लागेको हो।


शिलान्यास कार्यक्रम पछि बोल्दै कार्यक्रम का प्रमुख अतिथी तुल्सिपुर उपमहानगरपालिका का मेयर घनश्याम पान्डेले समृद्ध तुलसिपुर , सबै र सधै को लागि गुणस्तरिय शिक्षा को नारा लाई सार्थकता दिन छाँया नेपाल ले गरेको योगदान को उच्च प्रसंशा गर्नु भयो। शारीरिक रुप मा अशक्त भएर अपहेलित हुने परम्परागत सोच लाई अशक्तहरु ले फल्नु पर्ने र सो को लागि उपमहानगरपालिका अपांगता भएका ब्यक्तीको लागि सदैब लागिरहने बताउनु भयो।


कार्यक्रमका विशिष्ट अतिथी एबम छाँया नेपाल का कार्यकारी निर्देशक कमल थापा ले आफ्नो संस्थाले नेपाल का सबै प्रदेशमा अपांगता भएका को लागी अध्ययन केन्द्र स्थापन गर्ने उदेश्य अनुरुप नेपाल कै तेस्रो अध्ययन केन्द्र एबम लुम्बिनी प्रदेशको पहिलो अपंगता अध्ययन केन्द्र स्थापन गरिएको बताउनु भयो।उहाले संस्था को ६७ लाख लागत मा यहि फाल्गुन सम्म सक्ने योजना रहेको जनकारि दिनु भयो।
कार्यक्रम मा बोल्दै ७ न वार्ड का वार्ड अध्यक्ष टोप बहादुर के सि ले संस्था ले गरेको उदाहरनिय कार्य को प्रसम्शा गर्नु भयो।

मा बि कालाखोला का बि ब्य समिती अध्यक्ष भरत चौधरी को अध्यक्षता मा भएको कार्यक्रम मा मा बि कालाखोलाका प्र .अ राजिब ओझा को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सहजीकरण शिक्षक छवि न्यौपाने ले गर्नु भएको थियो।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार