
तुलसीपुर, २३ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनले तुलसीपुर कार्यालय स्थापना गरेको छ । शनिबार तुलसीपुर ९ दोघरेमा कार्यालय स्थापना गरेको अध्यक्ष घनश्याम डाँगीले बताए । पार्टीका नगर अध्यक्ष खुसीराम चौधरी, संगठनका केन्द्रीय सदस्य यज्ञबहादुर केसीलगायतको सहभागितामा कार्यालय स्थापना गरिएको हो । कार्यालय स्थापना भएपछि आफूहरुलाई निकै सहज भएको अध्यक्ष डाँगीले बताए ।
प्रकाशित मिति : २०७८ असोज २३ गते शनिवार