२०८१ माघ ५ गते आइतवार

जसपाले तय गर्‍यो मन्त्रीहरुको नाम



२२ आश्विन २०७८, शुक्रबार


जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाएको छ । शुक्रबार बसेको जसपा शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुङ्याएको हो ।

स्रोतका अनुसार जसपाले यो पटक राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साहलाई सरकारमा पठाउने निर्णय गरेको हो । नेताहरुले पहिला मन्त्री भइसकेको नेताहरुलाई नदोहोर्याउने रणनीति अपनाइको हो ।

नेताहरुबीच पहिले मन्त्री भइसकेकाहरुलाई दोहोर्याउने या नदोहोर्याउने भन्ने बिषयमा लामो छलफलनै गरेका थिए । तर अन्त्यमा नयाँ अनुहारलाई नै पठाउने भन्ने विषयमा सहमति जुटेको बताइएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा जसपाले ४ मन्त्रालय पाउने भएको छ । जसमा जसपालाई भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपक्षी, संघीय मामिला तथा सामान्य प्रशासन र वन तथा वातावरण मन्त्रालय दिइएको छ ।

मन्त्री छान्न शुक्रबार मात्रै अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले छलफलमा जुटेका थिए । प्रधानमन्त्री देउवाले आजै मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार