
फिल्म छायांकनका लागि बलिउड कलाकारहरु अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा र सारिका हसन नेपाल आएका छन् । सुरज बडजात्याको निर्देशनमा बन्न लागेको ‘उचाई’ फिल्मका लागि उनीहरु नेपाल आइपुगेका हुन् ।
‘प्लेन चार्टर गरेर उहाँहरुको टोली आइतबार नेपाल आइपुगेको हो,’ ‘उचाई’को नेपाल व्यवस्थापन हेरेको थ्री ह्विलर्स कम्पनीका एक अधिकारीले बताए । केही समय अगाडि सुटिङस्थल हेर्नका लागि बडजात्या नेपाल आउँदा अमिताभ बच्चन र डेनी डेनजोङपोङ पनि नेपाल आउने कुरा थियो । तर उनीहरु नेपाल नआएको पनि उनले बताए ।
प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार