२०८२ बैशाख ७ गते सोमवार

समाजसेवा मेरो नशा नशामा रहेको छ: वार्ड सदस्य रामबहादुर जिसी-राप्ती सञ्चार




असोज ०९।
स्थानीय राजनीति मा एउटा छुट्टै पहिचान वनाउन सफल युवा , बयस्क, वृद्ध एबम सबै का ढुकढुकि बनेका छ्न तुलसीपुर उपमहानगरपालिका वार्ड न ७ का वार्ड सदस्य राम बहादुर जि सि ।

जस्तो नाम त्यस्तै काम भनेझैँ नामपनि रामबहादुर काम पनि रामले गरेझैं सबैलाई मिलाएर लैजाने साथै सबैको दुःख सुख र पीडामा साथ दिने एक असल एवं जनताको सुखदुःखमा साथ दिने व्यक्तिको रूपमा आफूलाई परिचित बनाउनुभएको छ । उहाँले सबै स्थानिय बासीहरुलाई आफ्नो स्थानबाट जनप्रतिनिधि मात्र नभएर एक असल समाजसेवीको रुपमा आफूलाई चित्रण गर्नुभएको छ।
समाजमा परेका जस्तोसुकै अप्ठ्यारा कार्यहरुमा आफू दिनरात नभनी समाज सेवामा तल्लीन रहनुभएको हुन्छ। चाहे त्यो कोरोनाको महामारीको समयमा होस चाहे रानीघाट खोलामा आएको बाढि व्यवस्थापनको समयमा किन नहोस रातबिरात नभनि जनताको सेवामा समर्पित बन्नुभएको छ अझ भन्नुपर्दा समाजसेवा लाई आफ्नो अभिन्न अंगको रुपमा लिनु भएको छ ।

चाहे युवा वा वृद्ध किन नहोस् सबैको मन मुटु मा बसी सक्नुभएको छ ।यो बस्नुको पछाडीको कारण बनेको छ समाज प्रतिको लगाव र समाजलाई गरिने व्यवहार उहाँको त्यो मीठो बोली वचन र व्यवहारले नै आम जनताहरूमा रामबहादुर प्रती अपेक्षा र सकरात्मक भावनाको विकास भएको छ। राजनीति मा पार्टी लगायत नेता को ब्यक्ति रहनसहन बोली ब्यवहार ले पनि धेरै प्रभाब पार्दछ। राम्रो बोली व्यवहार सहयोगि नेता को एउटा राम्रो उदाहरण हुन रामबहादुर जिसी । उनको काम गर्ने जागर र हौसला देखेर वार्ड वासिहरु दङ्ग छन् ।जनता को घर घरमा पुगेर जनता गुनासो पनि सुन्ने गर्छन् उनी।

कसैलाई दुःख परेको छ भनेर सुन्दा साथ उहाँ ती व्यक्तिका घरमा गएर आफूबाट हुनसक्ने सक्दो सहयोग चाहे चामल, लुगा लत्ता कपडा वा पैसा नै किन नहोस् वितरण गर्नु हुन्छ अझ भन्नुपर्दा जनताको सेवामा आफूलाई समर्पित गर्न खोज गर्दा उहाँलाई एकप्रकारको आनन्द आउने गर्दछ उहाँ भन्नुहुन्छ।

समाजसेवा नै जीवनको एक लक्ष्य भएको उहाँ बताउनुहुन्छ अरुलाई सेवा गर्नु पाउदा आफूमा एकप्रकारको आनन्द आउने उहाँ बताउनुहुन्छ। स्थानीय तहको निर्वाचन हुनुभन्दा अगाडि आफूले समाजमा घटेका वा समाजमा रहेका दीन दुःखीहरूलाई सहयोग गरेकै कारण स्थानीय तहको निर्वाचनमा आफूले जनताको मत प्राप्त गरेको र सो मतको कारणले गर्दा अहिले आफू जनताको सेवामा तत्पर हुनुपर्ने उहाँले बताउनुहुन्छ। जनताहरुले हामीहरु बाट अपेक्षा गरेको कुराहरु पुरा गर्नु पर्ने आफूहरूको धर्म रहेको उहाँ बताउनुहुन्छ ।अहिले हामीहरू स्थानीय तहको जनप्रतिनीधि भएको कारणले गर्दा जनताहरुले हामीहरु बाट ठूलो अपेक्षा राख्दछन यो अपेक्षा आफूहरुले आफ्नो ठाउँहरुबाट पूरा गर्नुपर्ने उहाँ बताउनुहुन्छ।

समग्र तुलसीपुर उपमहानगरपालिका वाड नम्बर ७ को सामाजिक-आर्थिक साथै शैक्षिक उन्नतिका निमित्त रामबहादुर जि सीबाट उल्लेखनीय पहलकदमी भएको पाइन्छ ।

जलस्रोत तथा डिभिजन सिंचाई कार्यालय तुलसीपुर र वृहत दाङ उपत्यका सिचाइ आयोजना को मातहतमा रहेर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का विभिन्न १३ वटा स्थानहरुमा विकासका परियोजनाहरु सञ्चालन मा छन् र कति निर्माण भइसकेका छन् र कति निर्माण प्रक्रियामा रहेका छ्न । उक्त सिचाइ परियोजनाहरु को निर्माण गर्नको निमित्त आफूले महत्वपूर्ण पहलकदमी लिएको उहाँ बताउनुहुन्छ।

स्थानीय विकास प्राधिकरणबाट हुने सडक विस्तारको कार्यालय आफूहरूको पालमा तीव्रता दिइने र सोहीअनुरुप आगामी दिनहरुमा तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ७ शब दाहा गृह देखि कालाखोला ,मटेरा , घुसेर लालमटि हुँदै गणेशपुर राप्ती शान्ति उद्यान जोड्ने बाटो निर्माण गर्ने आफुहरुको योजना रहेको उहाँले बताउनुभएको छ ।साथसाथै बेत्रावती हुँदै घुसरी जोड्ने खोलामा पक्की पुल निर्माण को लागि प्रदेश स्थित भौतिक पूर्वाधार निर्माण मन्त्रालय मा फाइल पठाइएको बताउनुभएको छ , सेन्टर बम्मै देखि तल्लो घुसरी जोड्ने खोलामा पक्की पुल निर्माण ,बुढा गाउँ देखि मटेरा जोड्ने बाटोमा पुल निर्माण साथसाथै बम्मै जितपुर हुँदै नवलपुर डाबर सम्म पक्की बाटो निर्माण गर्ने ड्रिम प्रोजेक्ट रहेको उहाँले बताउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका वाड नम्बर सात अन्तर्गत रहेको एकमात्र सामुदायिक विद्यालय उच्च मा बि कालाखोला मा प्राबिधिक लाइन को पठनपाठन र त्यहाँ रहेका अपाङ्ग बालबालिका हरु को अध्ययन को लागि आफूहरुले पहल गर्ने र मा बि कालाखोला को भत्किएको पर्खालको निर्माणमा आफूले पहल गरेको उहाँले बताउनुभएको छ।

यश वार्ड भित्र रहेका सम्पूर्ण धार्मिक सास्कृतिक पर्यटकीय मठमन्दिरको विकासका निमित्त वाड नम्बर ७ र आफूले उल्लेखनीय पहलकदमी गरेको उहाँले बताउनुभएको छ जसअन्तर्गत जानकी मन्दिर , कालाखोला मा रहेको शिवमन्दिर र बेत्रावती मन्दिर को निर्माण पुनर्निर्माण का निमित्त आफूहरुले काम गरिरहेको उहाँले बताउनुभएको छ जसअन्तर्गत वेत्रावती शिव मन्दिरमा अहिले करिब ३ लाख बराबरको तारबार तथा फलामे गेट निर्माण गर्ने कार्य का निमित्त वडाबाट बजेट विनियोजन गरिएको उहाँले बताउनुभएको छ।

विकासको मेरुदण्डको रुपमा रहेको सडक सञ्जाललाई विकास विकास गर्नको निमित्त गणेशपुर शान्ति पार्क हुँदै कालाखोला जोड्ने विभिन्न स्थानमा चारवटा कल्भर्ट निर्माण गरेको उहाँले बताउनुभएको छ साथै विभिन्न स्थानमा हेम पाईप र ग्राभेल गर्ने काम गतिमा बढेको गरेको बताउनुभयो। हालसालै मात्र बेत्रावती हुँदै घुसेरि जोड्ने बाटोमा निजकै व्यक्तिगत लगानीमा करिब पैतिस हजार रुपैयाँबराबरको आर्थिक सहयोगबाट बाटो निर्माण भएको छ जसबाट घुसरि लालमटि हुँदै गणेशपुर सम्मका मानिसहरु प्रत्येक्ष लावान्नित भएको उहाँ बताउनुहुन्छ।
उक्त बाटो निर्माणका निमित्त आफूले दुई दिनसम्म स्थानीयबासीहरु सँगै श्रम मा जोडिएर प्रत्यक्ष रुपमा काम गरेको बताउनुहुन्छ। https://youtu.be/qVdI_kYNCtA

उहाँ भन्नुहुन्छ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का रोल्पालि डाँडामा रहेको चौपारी निर्माण गर्नका निमित्त म स्वयंले व्यक्तिगत रुपबाट नै लग

लगानी गरेको साथै सोको सहजीकरण त्यहाँका स्थानीय टोलबासिहरु र टोल पदाधिकारीहरुले गरेको बताउनुभएको छ। उहाँ थप्नुहुन्छ बम्नैमा रहेको सुन्दरबस्ती खानेपानी संस्थाको निर्माण प्रक्रिया मा आफूले महत्वपूर्ण भूमिका खेलेको र सो परियोजनाबाट अब का केही दिनमै शुद्ध पिउने पानी वितरण गरिने उहाँले बताउनुभएको छ साथै उक्त परियोजना निर्माणका निम्ति करोडौंको लगानी संघीय तथा प्रदेश सरकारबाट भित्राउन आफू सफल भएको उहाँले बताउनुभएको छ। अबका केही दिनमै उक्त स्थानमै अर्को पिउने पानी को ट्याङ्की निर्माण गर्ने र साविक हलवार का १,२,३ वडाका सम्पूर्ण मानिसहरूलाई पिउने पानीको सुविधा प्रदान गर्ने योजना आफूमा रहेको बताउनुभएको छ।

अब स्थानीय जनप्रतिनिधि को रूपमा काम गर्न धेरै समय बाँकी नरहेको अवस्थामा दत्तचित्त भएर निहित समयभित्रै आफूले उठाएका चुनावी प्रतिवद्धता अनुसार आगामी दिनमा काम गर्ने र भोलि पाटी र जनताले रुचाएको खण्डमा पुनः जन प्रतिनिधिको रुपमा को रुपमा आफु जनताको सेवामा तल्लीन हुन चाहेको उहाँले बताउनुभएको छ। भिडियो लिन्क।। । https://youtu.be/qVdI_kYNCtA

प्रकाशित मिति : २०७८ असोज ९ गते शनिवार