असाेज दाङ ०७”श्रीधर साहु
तुलसीपुर जब नगरपालिका बाट उपमहानगरपालिकामा स्तर उन्नति भयो धेरै परिवर्तनहरु आएका छन्।बिकास रातारात हुने कुरा होइन बिकास क्रमिक रुपले हुने कुरा हुन। कोरोना प्रभाव का कारण बिकास कार्य गर्दा बिकाश को काममा पनि ढिला सुस्ति भएकै हो ।
सर्व प्रथम कुरा गरौ स्वास्थ को, मानिस को जिन्दगी रक्षा गर्नु पनि तुलसीपुर उपमहानगरपालिका को दायित्व हो र गर्यो पनि जनता को सेवा जनता को जिन्दगी वचाउन लागि तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे सँगै सम्पुर्ण जनप्रतिनिधिहरु ,कर्मचारी लगायतको सम्पूर्ण टोलि रातदिन खटेर तुलसीपुर उपमहानगरपालिका वार्ड न ८ अश्वारामा कोरोना अस्पताल को निर्माण भयो ।जसले धेरै को जिन्दगी बचाउन सफल भयो ।बअहिले मेट्रो हस्पिटल ले जनता लाई सेवा दिई रहेको छ।तुलसीपुर उपमहानगरपालिका ले प्रत्येक वार्डमा स्थानीय स्वास्थ चौकि पनि सन्चालनमा लिई सकेको छ भने विकट केहि वार्ड बाहेक अरु वार्ड न १,४,११,१३,१५ ,१९ मा एम्बुलेन्स हस्तान्तरण भएर सन्चालन मा भई सकेका छन् भने अहिले तुलसीपुर उपमहानगरपालिका ले मातृ मृत्युदर शून्य मा झारेको छ । प्रत्येक सुत्केरी लाई रु नगद ५००० प्रदान गरिरहेको छ।आर्थिक स्थिति कमजोर भई उपचार गर्न नसक्ने मुटुरोगि क्यान्सर मृगौला पिडित लगायतका दिर्घरोगिलाई पनि सहयोग गरिरहेको छ।
शिक्षा को कुरा गर्दा तपाई हामिले गर्व गर्न लायक मेट्रो कलेज नाम नै काफि छ तुलसीपुर उपमहानगरपालिका वार्ड न १२ मा सन्चालन मा आईसकेको छ जहाँ सयौं बिद्यार्थी हुरु सस्तो सेवा सुविधा मा अध्यन गरिरहेका छन्।जस बाट पढ्न सुविधा नभएर बाहिर जिल्ला जाने समस्या समाधान भएको छ भने आर्थिक स्थिति कमजोर भएकाले पनि चाहेको बिषय पढ्न पाएका छन्।
छोरीहरु को उच्च शिक्षा हासिल गर्न लाई सहज का लागि साईकल बितरण गरेको छ।
त्यस्तै कुरा गरौ सडक बाटो को
तुलसीपुर उपमहानगरपालिका ले सन्चालन गरेको विकास प्राधिकरण अन्तर्रगत प्रत्येक वार्डमा ३ किलोमिटर कालोपत्र काम कोरोना प्रभाव कारण केही प्रभाव पार्यो कोरना का वाबजुद पनि वार्ड न १,२,३,६,७,८,९,१८ लगायतका वार्डमा कालोपत्रे को काम सम्पन्न भईसकेका छन् भने अन्य वार्ड मा कालोपत्रे टेण्डर गरिसकेको छ।भने बार्षिक १देखि १९ वार्डका बाटा हरु १०० किलोमिटर बाटो ग्राभेल गरेकोे छ।त्यसै गरि वार्ड न ४ मा तरुले चमेरे गुफा हुदै सल्यान -कपुरकोट जोड्ने नयाँ बाटो खोलिएको छ ।उता वार्ड न १ मा धनवास गैरासिउरे मखनटाकुरि हुदै प्रदेश न: ६ सल्यान सिमानामा पनि नयाँ बाटो खोलिएको छ ।त्यस्तै वार्ड न ३ मा नयाँ बाट हरु बन्दै छन्।
चुनाव अगाडिको विकास र चुनावी पछाडिको विकासको काम मा धेरै परिवर्तन आएको छ यो यथार्थ हो ।विकास को कार्य मा जनता दुवैको हात बराबरि हुन्छ ।जनता हरु पनि बिकास का काम मा सहयोगी वन्नु पर्छ यो असल नागरिकको दायित्व पनि हो ।नेताले विकास गरि दिएनन् भनेर गाउघरमा कुरा काट्नु भन्दा सबै नागरिक मिलेर संबंधित निकाय मा गएर आफ्नौ समस्या राखौ।परिवर्तन को सुरवात अरु बाट होइन आफै बाटो गरौ।