२०८१ बैशाख ८ गते शनिवार

धम्की दिएर ५० लाख असुल्न खोज्ने ३ महिला दाङमा पक्राउ



दाङ,३ असोज ।
दाङमा पुरुषहरुलाई प्रलोभनमा पारेर ५० लाख रुपैयाको बारर्गेनिङ गर्ने तीन जना महिलाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेका महिलाहरुलाई आइतवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।पक्राउ पर्ने मा घोराही उपमहानगरपालीका १५ निवासी ३२ वर्षिय सितादेवी थापा, सोही ठाउँ निवासी ३५ वर्षिय खुमा वली र घोराही ५ निवासी ३२ वर्षिय सुस्मा परियार रहेका छन् ।

घोराही उपमहानगरपालिका–१५ निवासी भद्रबहादुर जैसी (नाम परिवर्तन) गरेका एक पुरुष व्यवसायीलाई गएको असार ६ गते घोराही बजारमा रहेको कोहीनुर रेष्टुरेन्टमा बोलाई बियर, मासु खाने र साँझ परेपछि घर जाउँभन्दा महिलामाथि हात लगाए भन्दै जवरजस्ती करणीको मुद्धा हाल्छु भनेर धम्काउँदै ५० लाख रुपैया दिनुपर्ने बार्गेनिङ गर्ने महिलाहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एव एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ को ठगी, अपराधिक विश्वासघात तथा अपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेकोले सोही दफाको उपदफा ३ (ख) बमोजिम व्यवसायमा गैर कानुनी गरिकाले कुनै क्षति पु¥याउने वा चरित्रमा झुठो दोस लगाउने नियतले डर त्रास देखाई अपराधिक लाभ लिएमा ३ वर्ष सम्म कैद र ३० हजार रुपैंया सम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

प्रकाशित मिति : २०७८ असोज ३ गते आइतवार