२०८२ बैशाख ७ गते सोमवार

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा सोडारी चयन



भाद्र ३०।
नेकपा (एकीकृत समाजवादी)को सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घबहादुर सोडारी चयन भएका छन् । एकीकृत समाजवादीको प्रदेश संसदीय दलको बैठकले भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका सोडारी चयन भएका हुन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीका अनुसार नेकपा एमाले विभाजन भएपछि दोस्रो पटक बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता छानिएका हुन् ।

नेकपा एमाले छाड्दै १४ जना सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार