२०८० चैत्र १५ गते बिहिवार

अमेरिकामाथि नेपालको सानदार जित



भाद्र २९।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपालले अमेरिकामाथि सानदार जित निकालेको छ । सोमबार ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।

नेपाललाई जित दिलाउनको लागि कुशल भुर्तेल र रोहित पौड्यालको अर्धशत पारी खेले । अमेरिकाले नेपाललाई जितका लागि दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेललले सर्वाधिक ८४ रनको जोडे । ९३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे । रोहितले ८७ बलमा २ चौका र ३ छक्काको सहयोगमा ६२ रन बनाए ।

त्यस्तै विनोद भण्डारीले ४८ बलमा २ चौका र १ छक्कासहित ३७ रन जोेडे । आसिफ शेखले २३ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ले १७ रनको योगदान गरे ।

बलिङतर्फ अमेरिकाका लागि निसागर पटेल र नाठुस कन्जिगेले समान दुई–दुई विकेट लिए । त्यस्तै सौरव नटराभल्कर एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३० रन बनाएको थियो ।

अमेरिकाका लागि पटेलले शतकीय इनिङ खेले । उनले ११४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै १०० रन बनाएका थिए ।

त्यस्तै निसागर पटेलले २१ रन, सुशान्त मोडानी र कारिमा गोरेले समान १६–१६ रन, स्टिभ टेलरले १४ र अविशेक परादकरले १३ रन जोडेका थिए ।

बलिङतर्फ नेपालका लागि विक्रम सोब, सन्दीप लामिछाने र शुशन भारीले समान दुई–दुई विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले एक विकेट लिएका थिए ।

नेपालले दोस्रो खेलमा आज ओमानसँग खेल्नेछ । यस्तै तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आउँदो आइतबार ओमानसँग खेल्ने छ ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार