
भाद्र २७
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सार्वजनिक गरेको छ ।
यसअघि नै पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत आज संखुवासभाको सदरमुकाम चैनपुरमा सार्वजनिक गरेको हो ।
गत सोमबार मादी नगरपालिका वडा नम्बर १ उम्लिङमा तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या भएको थियो ।
तेजबहादुरसहित ८४ वर्षीया आमा पार्वता, ५८ वर्षीया श्रीमती मनमाया, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमाको हत्या भएको थियो ।सार्वजनिक भएका २६ वर्षीय लोकबहादुर मृतक तेजबहादुरका भतिज पर्छन् ।
संखुवासभामा ४ पुस्ताका ६ जनाको हत्याका आरोपित सार्बजनिक
प्रकाशित मिति : २०७८ भाद्र २७ गते आइतवार