२०८१ बैशाख ८ गते शनिवार

अन्ततः एमाले दाङ ले बुझायो आरोपित लाई



दाङ भाद्र १५
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) लाई कालोमोसो दल्ने घटनाको अनुसन्धान गर्न नेकपा एमाले दाङले सहयोग गरेको छ । एमाले भातृ संगठन अनेरास्ववियुका जिल्ला अध्यक्ष सर्जन परियार र दिवस क्षेत्री कालोमोसो दल्ने कार्यमा संलग्न रहेको अरोपपछि एमालले त्यसको अनुसन्धानमा सहयोग गर्ने जनाएको हो ।

अनुसन्धानमा सहयोग गर्ने जनाउँदै नेकपा एमाले दाङका मोर्चा संगठन विभागका प्रमुख विवेक श्रेष्ठ र लुम्बिनी प्रदेश कमिटीका सदस्य वलिभद्र राणाले कालोमोसो दल्ने कार्यक्रमा संलग्न परियार र क्षेत्रीलाई प्रहरी कहाँ बुझाउनु भएको छ । उहाँहरुले आज मंगलबार ति दुई जनलाई प्रहरी कहाँ बुझाउनु भएको हो ।

कुनै पनि व्यक्तिलाई कार्वाही गर्न कानुनि प्रकृया हुँदा हुँदै परियार र क्षेत्रीले कानुन हातमा लिएर मेसुप्रति गरेको कार्यप्रति आफूहरु गम्भीर रहेको भन्दै उक्त घटनामा प्रहरीलाई पूर्ण सहयोग गर्ने मोर्चा संगठन विभागका प्रमुख श्रेष्ठले बताउनुभयो।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार