२०७९ माघ १६ गते सोमवार

श्रीमतीको हसिया प्रहारबाट श्रीमानको हत्या



भाद्र १३

तुलसीपुरमा एक महिलाले हसिया प्रहार गरेर श्रीमानको हत्या गरेकी छिन् । आइतबार बिहान सवा २ बजेतिर घरायसी बिवाद हुदा आफ्नै श्रीमानलाई हसियार र बाँसको लठ्ठी प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका ३ सुन्दरटोल निवासी ५६ बर्षीया देविकुमारी योगीले आफ्नै श्रीमान ७८ बर्षीय खिमलाल पुरीलाई हसियार र बाँसको लठ्ठी प्रहार गरि हत्या गरेकी हुन् ।

उनलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र १३ गते आइतवार