२०८० चैत्र १५ गते बिहिवार

प्रादेशिक अस्पताल प्रकरण : प्रहरी भन्छ खोजी कार्य जारी छ: अस्पताल प्रशासन भन्छ भोलि बिहान सम्म पक्राउ नगरिए सबै सेवा बन्द



तुलसीपुर, भदौ ११ ।
नेकपा एमालको भातृ संगठन अनेरास्वबीयु जिल्ला अध्यक्ष रहेको दाबी गर्दै आएका सर्जन परियारले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु डा. विनोद सिंहलाई कालोमोसो दलेका छन् ।
एमालेको भातृ संगठन अनेराश्ववियुका जिल्ला अध्यक्ष दाबी गर्दै आएका सर्जन परियारले शुक्रबार दिउँसो मेसुको कार्यकक्षमै कालो मोसो दलेर फरार रहेको प्रहरीले बताएको छ ।


डा. सिंहले करिब ६ जनाको संख्यामा आफ्नो कार्यकक्षमै आएका ब्यक्तिहरु मध्य अरु संग आँफुले कुरा गरिरहेको समयमा एक्कासी अध्यक्ष परियारले कालोमोसो दलेर भागेको जानकारी दिए ।

यता

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर विनोद सिंहलाई सर्जन परियारको नेतृत्वमा गएको ३ / ४ जनाको समूहले पौने २ बजे मेसुको कार्यकक्षमै कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफलेले जानकारी दिए ।

घटनामा संलग्न युवाहरुको खोजी कार्य जारी छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सर्जन परियार, दिवस क्षेत्री र गणेस खड्काका विरुद्धमा उजुरी परेको प्रहरीले बताएको छ ।

टाइडफाईड भएको बिरामीको कल्चार चेकको व्यवस्था नभएको बताएपछि डा. सिंहलाई कार्यकक्षमै पुगेर उनीहरुले कालो मोसो दलेको एसपी काफलेले बताए ।

यसै बिच

शनिबार बिहान ९ बजेसम्म परियारलाई पक्राउ नगरे काम रोक्ने चेतावनी दिइएको छ।
अस्पताल बिकास समितिका अध्यक्ष पदमप्रशाद शर्माले घटना पछि बसेको अस्पताल बिकास समितिको बैठकले पीडकलाई कानुन अनुसार हदैसम्मको कारबाही हुनुपर्ने माग गरेको जानकारी दिए ।
त्यस्तै अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको बैठकले शनिबार बिहान ९ बजेसम्म आरोपित परियारलाई पक्राउ गरि कानुनी उपचारको प्रक्रिया नथाले अस्पताको आपतकालिन कक्ष, प्रसुति कक्ष, डायलासिस र अत्यावेशक सेवा बाहेकका सबै काम रोक्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार