
भाद्र ८।
भरतपुर महानगरपालिका–३ नारायणगढ नजिकै नारायणी नदीको पुलबाट हामफालेर अन्दाजी ४०/४५ वर्षीय एक जना बेपत्ता भएका छन् ।
विपत् उद्धारसहितको टोलीले उनको खोजी जारी राखेको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयाे ।
उहाँले ती व्यक्ति हामफालेको स्थान नजिकै झोलाभित्र नागरिकताको फोटो कपी भेटिएको र यसमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता उल्लेख रहेको बताउनुभयाे ।
प्रकाशित मिति : २०७८ भाद्र ८ गते मङ्गलवार