२०८० चैत्र १६ गते शुक्रवार

८ महिनाकी नानीसहित ३ जना झुण्डिएको अवस्थामा फेला



भाद्र ७।

झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनीहरु एकै परिवारका हुन् ।

कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविना आज आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । नानीलाई आमाले छातीमा टाँसेर बोकेको अवस्थामा देखिएको छ ।

उनीहरुले आफ्नै घरमा डोरीको पासो लगाएर हात्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केही दिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।

आत्महत्या गर्नुपर्ने कारण खुल्न सकेको छैन भने अहिले घटनास्थलमा प्रहरीले अनुसन्धान थालेको छ । उनीहरु झुण्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।

प्रकाशित मिति : २०७८ भाद्र ७ गते सोमवार