
तुलसीपुर, ५ भदौ ।
दुई महिना अघि साउदीमा मृत्यु भएका दाङ शान्तिनगर गाउँपालिका वडा नं. ३ बस्तिखोला निवासी ३० बर्षीय भक्तबहादुर विकको शव शनिबार मात्रै दाङ ल्याईएको छ । विरामी परेर मगएको असार १४ गते निधन भएको घर परिवारले खबर पाएका थिए ।
त्यसपछि नेपाल ल्याउने प्रक्रियाकै क्रममा दुई महिना पछि मात्रै दाङ ल्याईएको हो । उनी चार बर्ष अघि रोजगारीको सिलसिलामा विदेश गएका थिए । त्यसपछि बीचमा घर आएका उनी १५ महिना अघि मात्रै पुनः विदेश गएको स्थानीय राधिका परियारले जानकारी दिनुभयो । उनका श्रीमति र ६ बर्षीया छोरी छन् ।
प्रकाशित मिति : २०७८ भाद्र ५ गते शनिवार