
मिस नेपाल एसइई-२०२१ काे ताज काठमाडौँकी निकिशा खड्काले जितेकी छिन् ।
शनिबार काठमाडौंमा आयोजित अन्तिम प्रतिस्पर्धामा उनले उपाधि जितेकी हुन् ।
यसैगरी काठमाडौँकै प्रिया गौतम फर्स्ट रनर अप भइन् भने कर्णालीकी प्रतिस्पर्धी प्रमिशा सेजुवाल सेकेन्ड रनर अप भइन् ।
आयोजक अभ्यानी प्रोडक्सनका सिइओ अभिविन खनियाका अनुसार अनलाइन माध्यमबाट लिइएको अडिसनमा सहभागी देशभरका करिब पाँच सय विद्यार्थी मध्येबाट २२ प्रतियोगी छनाेट भएका थिए ।
प्रतियोगिताका लागि छनोट भएकालाई ३ साता लामो तालिमपछि शनिबार अन्तिम प्रतिस्पर्धा गराइएकाे हाे ।
प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार